यो महिना देशले हिमालबाट कमायो ४८ करोड

काठमाडाैं | जेठ ६, २०७९

यो महिना देशले हिमालबाट कमायो ४८ करोड

काठमाडौं, हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । विभागले २७ वटा हिमाल आरोहणका लागि १२३ आरोहणदलबाट उक्त राजस्व सङ्कलन गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

 

कोरोना भाइरस (कोभिड–१९) महामारी पछि यस वर्ष पदयात्रा र पर्वतारोहण क्षेत्रमा चहलपहल सुरु भएको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार पर्यटकको आगमनलाई हेर्दा पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिनुभयो । 

 

विभागले यस महिना ७५८ पुरुष र २१० महिला गरी ९६८ आरोहीलाई २७ हिमाल  आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै सगरमाथाबाट ३९ करोड ९५ लाख ६२ हजार ३५० रुपिँया राजस्व संकलन भएको छ भने ल्होत्सेबाट दुई करोड ८४ लाख २९ हजार ७२२ रुपिँया, कञ्चनजङ्घाबाट एक करोड ३० लाख ८४ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

 

यी आरोहीहरु विश्वभरका ७४ वटा देसबाट नेपालका हिमाल आरोहणका लागि आएको विभागको तथ्याङ्क छ । सगरमाथा आरोहणका लागि मात्र ५८ वटा देशबाट ३१९ जना आरोहीले अनुमति लिएका छन् । 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्